प्रत्येक वर्ष मार्ग शुक्ल पक्षको पञ्चमीका दिनलाई विवाह पञ्चमीका रुपमा मनाइन्छ ।यस बर्ष विवाह पंचमी को शुभ मुहूर्त डिसेम्बर ८, २०२१ बुधवार रहेको छ। विवाह पंचमीको दिन श्रीराम र माता सीताको विवाहक भएको हुनाले यस दिन सीता-रामका मन्दिरहरूमा भव्य उत्सव, पूजा, यज्ञ र अनुष्ठान गरिन्छ। यस दिनको विशेष महत्व शास्त्रमा उल्लेख गरिएको छ । यसै दिन मर्यादा पुरुषोत्तम प्रभु श्रीरामको विवाह माता सीतासँग भएको धार्मिक जनविश्वास रहेकोछ । प्रत्येक वर्ष यस दिनलाई भगवान राम र माता सीताको विवाह जयन्तीका रूपमा मनाइन्छ।
इतिहास
हिंदू शास्त्र अनुसार माता सीता को जन्म नेपाल को मिथिलाअंचल जनकपुर धाम मा भएको हो। सीता को बुबा राजा जनक ले पुजाको लागि राखिए को शिव को धनुष “पिनाक” कसले पनि उठान सकेको थिएन। माता सीताले त्यो शिवको धनुष एउटै हातले उचालेर पुजा गरेको थियो । राजा जनकको प्रतिज्ञा अनुसार “जसले भगवान शिवको धनुष उठाउने छ उसैसँग आफ्नो छोरीको बिहे गर्ने ” अनुसार नेपालको जनकपुरधाममा यात्रा गरेका भगवान राम (भगवान विष्णुको अवतार) ले देवी सीताको स्वयंवरमा शिवको धनुष तोडेर देवी सीतासँग विवाह गरेको विश्वास गरिन्छ।
विवाह पञ्चमीमा सीता स्वयंवरको कथा र महत्व
हिन्दू पौराणिक कथा र शास्त्र अनुसार विवाह पञ्चमीलाई शुभ र पवित्र दिन मानिने भएकाले यस दिनको ठूलो महत्व रहेको छ । यस दिव्य विवाह समारोहको सम्झनामा, भारतको अयोध्याबाट प्रत्येक वर्ष रथ यात्रासहित बरात जनकपुर आउने गर्छन् र जनकपुरवासी ले भब्य रुपमा बरात स्वागत गरिन्छ। भारत र अन्य देशका विभिन्न भागहरूबाट ठूलो संख्यामा तीर्थयात्रीहरू यहाँ पुग्छन् र भव्य उत्सवको हिस्सा बन्छन्। साथै भब्यरुपमा सीतारामको विवाह सम्पन्न गरिन्छ।
राम विवाह पञ्चमी पर्व
विवाह पञ्चमी पर्व नेपाल तथा भारतका लगभग सबै क्षेत्रहरूमा राम-सीता को मन्दिरहरूमा मनाइन्छ। तर सबैभन्दा पवित्र र भव्य समारोहहरू भगवान रामको जन्मस्थल अयोध्या र जनकपुरमा देवी सीताको जन्मस्थलमा आयोजना गरिन्छ।
यस शुभ दिनमा मन्दिरहरूलाई दियो र रंगीचंगी बत्तीले सजाइएको हुन्छ। यो एक दिव्य विवाह अनुष्ठान हो, जहाँ देवताहरूको मूर्तिहरूलाई गहना र कपडाहरूले सुन्दर ढंगले सजाइन्छ र यो सामाजिक समारोह ‘राम विवाह उत्सव’ अति नै लोकप्रिय र भव्य रुपमा मनाइन्छ ।
भक्तहरूले दिव्य मन्त्रहरू जप्छन् र देवताहरूको प्रशंसामा भक्ति र पवित्र गीतहरू (भजन) गाउँछन्। ‘रामलीला’ नामक कलात्मक प्रदर्शनीमा राम सीता विवाहको कथालाई विभिन्न ठाउँमा चित्रण गरिएको छ । त्यसपछि पुजारीद्वारा विवाह पञ्चमी पूजा गरिन्छ र भगवान रामको आरती गरी उत्सवको समापन गरिन्छ।
महत्व
वैवाहिक जीवनमा कुनै किसिमको बाधा आइरहने व्यक्तिहरुको लागि यो दिन निकै शुभ मानिन्छ । विवाह पञ्चमीका दिन यस्ता व्यक्तिले व्रत बसी विधि अनुसार भगवान श्रीराम र माता सीताको पूजा गर्नुपर्छ । यसले वैवाहिक जीवनमा आउने बाधाहरू हट्छ। यसका साथसाथै मनमोहक जीवनसाथी प्राप्त हुन्छ । यति मात्र होइन, यदि विवाहित व्यक्तिले यो व्रत पूर्ण भक्तिका साथ राख्छन् भने उनीहरुको दाम्पत्य जीवनमा आउने सबै समस्याहरु क्रमशः समाप्त हुन्छ । विवाह पञ्चमीको दिन घरमा रामचरितमानसको पाठ गर्नाले घरमा सुख शान्ति कायम रहन्छ ।
अमेरिकामा विवाह पञ्चमी महोत्सव
गत वर्ष झै यसपाली पनि सामूहिकरुपमा एसोसिएशन ऑफ नेपाली तारायइन अमेरिका (ANTA) तथा नेपाली अमेरिकन समुदायिक केंद्र (NACC) ले मनाउन लागिएको हो । वासिङ्टन डीसीको राजधानी मन्दिर को सहकार्य मा राम सीता पूजा अर्चना तथा राम सीता विवाह, भजन संकीर्तन साथै राम सिता बिवाह स्वयंवर, आरती सहित सामूहिक भण्डारा भोज को व्यवस्था गरिएको छ ।