Skip to content

प्रेस विज्ञप्ति: ध्यान आकर्षण भएको बारेमा

ANTA को प्रत्येक दुई वर्षमा हुने महाधिवेशन ANTA विधान अनुसार सातौं महाधिवेशन अमेरिकाको टेक्सस राज्य स्थित डालस सिटी मा September,30th 2023 मा गरिएको कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको हो। एन्टाको प्रेसीडेन्ट ई.मोहन यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका वर्तमान उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष माननिय उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कुरा सर्वविधितै छ।
यस पटक पनि पहिला झैँ ANTA बाट निष्कासित अपराजिता झा र झा परिवार लगायतले convention हुन नदिनको लागि convention हुनुभन्दा अगाडि नै convention हुने ठाउँमा गएर मान्छेलाई फोन गरेर धम्काउने र कन्भेन्सनमा समावेश हुन नदिने असफल प्रयास गरेको यहाँहरुलाई सर्वविधितै छ। साथै (ANTA) प्रत्येक दुई वर्षमा हुने महाधिवेशन विधान (bylaws) अनुसार छैठौं महाधिवेशन अमेरिकाको वासिङटन डिसिमा 2021 अगस्त 21st मा संपन्नगराउने बेलामा May 31, 2020 अध्यक्ष अपराजिता झाले राजिनामा दिएर पछी तत्कालीन वरिष्ठ उपाध्यक्ष डा. इंद्रदेव साहू ले ANTA नियमानुसार अध्यक्ष को हैसियत ले महाधिवेशन सम्पन्न गराउनुभयो तर ललित झा को इसारामा धीरज चौधरीले वेबसाइट ह्याक गरेको कुरा सर्वविधितै छ। त्यही ललित झा र रतन झाको इसारामा राजीनामा दिएकी अपराजिता झा ले माहाअधिवेशनलाई रोक्नको लागि अनाधिकृत रूपमा संस्थाको लोगो राखेर सदस्यहरूको डाटा र सूचनाहरू सङ्कलन गरेर सदस्यहरुलाई फोन गरेर धम्की दिँदै माहाधिवेशनमा नजान जबरदस्ती गरेको कुरा पनि सर्वविधितै छ। त्यतिमात्र नभई महाधिवेशनलाई रोक्नको लागि वर्जिनियां को फेयरफैक्स कंटी को अदालतमा महाधिवेशन रोकन फर्जी मुद्दा दर्ता गरेको र अध्यक्ष मोहन कुमार यादवको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको कार्यसमितिले अधिकारिक भएको सूचना समेत अदालतमा पठाइसकेको कुरा तपाईहरुलाई जानकारी गराउन चाहन्छौं ।
तर ANTA बाट राजीनामा दिएका व्यक्ति झा र उहाँको परिवारिक समूह अरविन्द झा, कौशल झा, ललित झा, रतन झा र मुकेश सिंह को हावादारी नियम अनुसार फर्जी मुद्दा दिएको र त्यस फर्जी मुद्दाको निर्णय सर्वसाधारण संग लुकाएर आफ्नै मनपरी गरिराखेको छ र त्यसै मनपरी को आधारमा म र मेरो परिवार नै ANTA हो भन्ने गलत संदेश समाजमा दिदै ANTA अमेरिकाको लोगो प्रयोग गरेर नियतवश भ्रम पार्ने तरिकाले छैठौं माहाधिवेशन कार्यक्रम भएको र आफ्नो पैतृक सम्पत्ति बाटेको जस्तै मृदुला गुप्तालाई कथित अध्यक्ष दिएको भ्रम छर्दै गलत प्रचार प्रसार गरेको थियो र यसपालि पनि वासिङ्टन डिसीमा फर्जी सातौं सम्मेलनको भ्रम छर्दै एउटा पारिवारिक र जातीय समूहले महाधिवेशनको नाममा अवैधानिक छलफलको कार्यक्रम राखेको कुरा जानकारीमा आएको छ।
साथै ललित झा, रतन झा र मुकेश सिंहले ANTA को platform प्रयोग गरी नेपालमा आफ्नो व्यक्तिगत कामहरू गरी आफ्नो स्वार्थ पुरा गरि राखेको कुरा तपाईलाई सर्वविधितै छ । त्यसैको सिलसिलामा अमेरिका भर्जिनियाको च्यान्टली मा व्यक्तिगत परिवारीक भेटघाटलाई अन्टाको सातो महाधिवेशन हुन गइरहेको भनी भ्रम छर्दैछन् । यी व्यक्तिहरुले पहिला नै तराई समुदायलाई अमेरिकामा विभाजित गरिएको कुरा तपाईहरु सामु यथावतै छ आफ्नो स्वार्थ पुरा गर्न अहिलेपनि प्रभात झा लाई अगाडी सारेर तालेश्वर चौधरीको नाम राखेर फोहरी खेलहरु खेल्दै छन् । यस्ता स्वार्थी र अवसरवादी व्यक्तिहरुको भ्रममा नपर्न संपूर्ण नेपाली अमेरिकन तराईवासीहरु लाई हार्दिक अनुरोध गर्दछौ ।
एसोसिएशन ऑफ नेपाली तारायइन इन अमेरिका ANTA ले कुनै पनि व्यक्ति र समूहलाई यस्ता काम गर्ने र गराउने अख्तियारी दिइएको छैन। संस्थाको विरुद्ध अवैध रूपमा गरिएका यस्ता क्रियाकलापको भ्रममा नपर्न र कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न नहुन आम सदस्यहरूलाई आह्वान गर्दछौँ ।
Mrs. Kanchan Chaudhary Dr. Rabindra Mandal
ANTA Spokesperson. ANTA General Secretary

Author