विज्ञप्ति! छैठौं महाधिवेशन! ध्यान ध्यानाकर्षण भएको बारे!!
नेपाली तराइयन इन अमेरिका(ANTA) को प्रत्येक दुई वर्षमा हुने महाधिवेशन ANTA को(Bylaw)विधान र नियमावली अनुसार छैठौं महाधिवेशन अमेरिका को वासिङटन डिसिमा 2021 अगस्त 21st मा बडो हर्षोल्लासका साथ भव्य र सभ्य रूपमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू र उच्च पदस्त व्यक्त्ति र महानुभावहरूको उपस्थितिमा संपन्न भइसकेको कुरा यहाँहरूलाई अवगतै छ । अध्यक्ष मोहन कुमार यादवको नेतृत्वमा नयाँ निर्वाचित कार्यसमिति गठन भइसकेको छ र हाल सम्म अनवरत रूपमा वैधानिकता पाई कार्यरत रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ। तर कतिपय ANTA बाट राजीनामा दिएका व्यक्ति र समूहले ANTA अमेरिकाको लोगो प्रयोग गरेर नियतवश भ्रम पार्ने तरिकाले छैठौं माहामहाधिवेशन भएको भन्दै भ्रम छर्न प्रचार प्रसारमा प्रयोग गरिएको पाइएको छ । यस प्रति हाम्रो ध्यान आकृष्ट भएको छ ।
ANTA) प्रत्येक दुई वर्षमा हुने महाधिवेशन नियमावलीअनुसार छैठौं महाधिवेशन अमेरिकाको वासिङटन डिसिमा 2021 अगस्त 21st मा संपन्नगराउने बेलामा May 31, 2020 अध्यक्ष अपराजिता झाले राजिनामा दिएर पछी तत्कालीन वरिष्ठ उपाध्यक्ष डा. इंद्रदेव साहू ले ANTA नियमानुसार अध्यक्ष को हैसियत ले महाधिवेशन सम्पन्न गराउनुभयो तर ललित झा को इसारामा धीरज चौधरीले वेबसाइट ह्याक गरेको कुरा यथावत नै छ । त्यही ललित झा र रत्न झाको इसारामा राजीनामा दिएकी अपराजिता झा ले माहाअधिवेशनलाई रोक्नको लागि अनाधिकृत रूपमा संस्थाको लोगो राखेर सदस्यहरूको डाटा र सूचनाहरू सङ्कलन गरेर सदस्यहरुलाई फोन गरेर धम्की दिँदै माहाधिवेशनमा नजान जबरदस्ती गरेको कुरा यथावतै छ । त्यतिमात्र नभई महाधिवेशनलाई रोक्नको लागि वर्जिनियां को फेयरफैक्स कंटी को अदालतमा महाधिवेशन रोकन फर्जी मुद्दा दर्ता गरेको र अध्यक्ष मोहन कुमार यादवको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको कार्यसमितिले अधिकारिक भएको सूचना समेत अदालतमा पठाइसकेको कुरा तपाईहरुलाई जानकारी गराउन चाहन्छौं ।
तर ANTA बाट राजीनामा दिएका व्यक्ति झा र उहाँको परिवारिक समूह अरविन्द झा, कौशल झा ललित झा रत्न झा र मुकेश सिंह को हावादारी नियम अनुसार फर्जी मुद्दा दिएको र त्यस फर्जी मुर्दा नतिजा सर्वसाधारण संग लुकाएर आफ्नै मनपरी गरिराखेको छ र त्यसै मनपरी को आधारमा म र मेरो परिवार नै ANTA हो भन्ने गलत संदेश समाजमा दिदै ANTA अमेरिकाको लोगो प्रयोग गरेर नियतवश भ्रम पार्ने तरिकाले छैठौं माहामहाधिवेशन कार्यक्रम पुनः भएको भ्रम छर्दै गलत प्रचार प्रसारमा लागेको छ ।
साथै ललित झा, रतन झा र मुकेश सिंहले ANTA को platform प्रयोग गरी नेपालमा आफ्नो व्यक्तिगत कामहरू गरी आफ्नो स्वार्थ पुरा गरि राखेको कुरा तपाईलाई यथावतै छ । त्यसैको सिलसिलामा अमेरिकाको Ohio राज्यमा व्यक्तिगत परिवारीक सम्मेलन गरे महाधिवेशन भएको भ्रम छर्दै छन् । यी व्यक्तिहरुले पहिला नै तराई समुदायलाई अमेरिकामा विभाजित गरिएको कुरा तपाईहरु सामु यथावतै छ आफ्नो स्वार्थ पुरा गर्न अहिलेपनि प्रभात झा लाई अगाडी राखेर फोहरी खेलहरु खेल्दै छन् । यस्ता स्वार्थी र अवसरवादी व्यक्तिहरुको भ्रममा नपर्न संपूर्ण नेपाली अमेरिकन तराईवासीहरु लाई हार्दिक अनुरोध गर्दछौ ।
एसोसिएशन ऑफ नेपाली तारायइन इन अमेरिका ANTA ले कुनै पनि व्यक्ति र समूहलाई यस्ता काम गर्ने र गराउने अख्तियारी दिइएको छैन। संस्थाको विरुद्ध अवैध रूपमा गरिएका यस्ता क्रियाकलापको भ्रममा नपर्न र कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न नहुन आम सदस्यहरूलाई आह्वान गर्दछौँ ।
भवदीय
खुश नन्दन ठाकुर
(प्रवक्त्ता) (Spokesperson)