Skip to content

श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !!

ॐ श्रीकृष्णाय नमः !! श्री कृष्ण गोविंद हरे मुरारे, हे नाथ नारायण वासुदेवा !! जय श्री कृष्ण !! श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !!

द्वापरयुगको अन्त्यतिर भाद्रकृष्णपक्षको अष्टमी तिथिको मध्यरातमा अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने तथा सत्मार्ग उन्मुख गराउने प्रमुख उद्देश्यले भगवान विष्णुले ६४ कलाले युक्त अवतारका रुपमा वासुदेव र देवकीको आठौँ गर्भबाट श्रीकृष्ण भई धर्तिमा जन्म लिएको स्मृतिस्वरुप श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। यस महान पर्व नेपाल,भारत लगायत विश्वको सम्पूर्ण बैदिक हिन्दु सनातानिहरुले श्री कृष्ण भगवानको पूजा-आरधना गरि भव्यरुपमा मनाउने गरिन्छ।

कंसले कारागारमा बन्दी बनाएको अवस्थामा वासुदेव र देवकीको आठौँ सन्तान श्री कृष्णको जन्म भएको थियो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान विष्णुको मोहित पार्ने शक्तिका कारण श्री कृष्ण जन्मिएका बेलामा सबै सैनिक निद्रामा परेका थिए भने जेलका ढोका आफै खुलेका थिए । यही मोहित पार्ने शक्ति भएका कारण भाद्रकृष्ण अष्टमीको रात्रिलाई मोहरात्रि पनि भन्ने गरिएको छ ।

भगवान श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंसको बध गरी हजुरबुबा उग्रसेन, माता पिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गर्नु भएको थियो ।

श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नु भएको थियो । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा सहभागी भएर श्रीकृष्णले अर्जुन लाई गीता उपदेश मार्फत सम्पूर्ण जगतलाई नै मार्गदर्शन गर्ने शिक्षा दिनु भएको थियो।

विजय कुमार चौधरी
अन्तर्राष्ट्रिय उपाध्यक्ष
ANTA-Central Executive Committee, USA !

Contact us

mail@anta-terai.org
President@anta-terai.org
Spokesperson@anta-terai.org
Secretary@anta-terai.org

Visit us

www.anta-terai.org
https://www.facebook.com/ANTAOfficially

Author