नेपालको सबैभन्दा “पुरानो बिद्यालय ” “राजकिय संस्कृत माध्यमिक बिधालय,मटिहानी महोत्तरी”(हिन्दु , मुस्लिम विद्यार्थी पढ्ने गुरुकुल देशकै पूर्ण समावेशी गुरुकुलका रुपमा चिनिन्छ ) प्रदेश नं. २ को मटिहानी नगरपालिका ७ मा अवस्थित ३०३ वर्ष पूरानो संस्कृत पाठशालामा १११ वर्ष अगाडि बनाइएको छात्रावास भत्किएपछि पुनर्निर्माणका लागि दाताको खोजी हुन थालेको छ ।
नेपाल जनकपुर घर भै हाल लामो समय देखि अमेरिकाको भर्जिनिया लिजबर्गमा बसोबास गर्दै आएका सामाजिक अभियन्ता तथा एन्टाका पूर्व अध्यक्ष पूर्व प्रा विजय कुमार सिंह हाल मटिहानी महाेत्तरीको भ्रमणमा रहेका छन् ।
उनि उक्त बिद्यालयमा गै उक्त नेपाल कै पहिलो बिद्यालयमा सबै संग भेटघाट गरे । ज्यादै प्रभावित भए । उनले त्यहाँ गएर बोल्ने अवसर पाए । उनले नेपालको जनकपुर बाटै वि सं १७७५ सालमा स्थापित राजकीय संस्कृत मावि मटिहानी नगरपालिका ७ मा पर्ने बताए । साथै हिन्दु , मुस्लिम विद्यार्थी पढ्नेउक्त गुरुकुल देशकै पूर्ण समावेशी गुरुकुलका रुपमा चिनिने बताए ।
वालगुरु षडानन्दलाई शिष्य वनाएकाे छ जसले वि सं १९३२ मा दिङ्ला भाेजपुरमा संस्कृत पाठशाला खाेलेका छन । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालका पिता मङ्गलमान नेपाल यश गुरुकुलका शिष्य हुन ।
भाषिक , जातिगत , धर्मगत , अर्थगत , लैङ्िगक भाैगाेलिक विविधता रहेकाे गुरुकुल अनेकतामा एकताकाे सन्देश प्रवाह गरिरहेकाे छ । वेद , व्याकरण , साहित्य , ज्याेतिष , न्याय जस्ता प्राचीन र नेपाली अङ्ग्रेजी , विज्ञान , गणित सामाजिक जस्ता अाधुनिक विषय पढाइ हुन्छ । जनसंख्याकाे वदला अनिवार्य संस्कृत भाषा पढाइ हुन्छ भने देव कार्य , पितृ कार्यका लागि कर्मकाण पढाइ हुन्छ ।
Source: eNepalese