Skip to content

गुरु पूर्णिमा को मंगलमय शुभकामना

  • Anta Web 

“गुरुर व्रम्हा गुरुर बिष्णु गुरुर देवो महेस्वर

गुरुर सक्क्षात परम व्रम्ह तसमै श्री गुरुबे नमह”!

गुरुनै सबै हुन्। ब्रम्ह, बिष्णु र महेस्वर । उनलाई म प्रणाम गर्दछु । सबै संस्कृतिमा गुरुको स्थान उच्च मानिन्छ । अक्टोबर को ५ तरिकामा विश्व शिक्षक दिवस पनि मनाउने गरिन्छ । आफ्नो आफ्नो देश र परम्परा अनुसार सबैले गुरु जयन्ती मनाउने गर्दछन ।

हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ । गुरुलाई हामी माता पिता भन्दा पनि पहिलो देवताको स्थानमा राखेर पुज्छौ । गुरुले आफ्ना शिष्यहरुसंग आत्मा र परमात्माको बीचमा सेतु भेएर काम गर्छन् । जसरी सुर्य को प्रकाश पराबर्तन गरेर चन्द्रमाले कालो रातलाई उज्यालो बनाउछ राम्रा गुरुको ज्ञान लिएका शिष्यहरुले संसारलाई नै उज्यालो पार्ने काम गर्दछन।

गुरु को हुन्?

‘गु” को अर्थ अन्धकार हो र रु को अर्थ अन्धकारलाई चिर्ने उज्ज्यालो हो । त्यसैले जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नास गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन, ति महान व्यक्ति गुरु हुन् ।

ती मात्र गुरु हुन जसले हाम्रो मन भित्र भएको अन्धकार रूपी माया मोहलाई नाश गरेर हामीलाई आत्मा र परमात्मासँग चिनाउछन उनै साक्षात गुरु हुन । गुरु नै सर्बसक्तिमान प्रभु हुन । गुरु नहुदा कुनै कुराको ज्ञान को सम्भावना छैन ।

परापूर्ब कालमा गुरुकूलमा बसेर शिक्षा लिने चलन थियो

. बर्षौ सम्म गुरुको साथमा रहेर गुरुको सेवा गर्ने चलन थियो । समयले अब कचुली फेर्यो तर गुरु को महत्व कहिले काम भएन । स्कुल होस्, कलेज वा विश्वबिध्यालय, वा अरु कुनै कला मन्दिर जहाँ पनि गुरुले नै शिक्षा प्रदान गर्छन्। ती हाम्रा गुरु हुन जसले अज्ञानताको अध्यारोलाई चिर्दै ज्ञानको ज्योतिले हाम्रो जीवन् लाई सुन्दर बनाउने बाटो देखाउछन आजका सबै अबिस्कारहरु सबै हाम्रा महान गुरुका शिक्षा र ज्ञानका उपक्रमहरु हुन्। जसले गुरुको महत्व बुझेको छ , उसले ज्ञान को महत्व बुझेको छ ।

गुरु ती हुन जस्ले हाम्रो जीवनमा सत्य र ज्ञानको आमुल्य शिक्षा दिन्छन । गुरु पुर्णिमाको दिनमा हामी पनि हाम्रा गुरुहरुलाई श्रद्धा र भक्ति सहित मिठाइ प्रसाद, लुगा कपडा आदि अर्पण गरेर आफ्नो आदर अर्पण गर्दछौ । यस्ता उपहारहरु लाई गुरु दक्षिणा पनि भनिन्छ ।

गुरु को सबै भन्दा ठुलो दक्षिणा भनेको उनले देखाएको बाटोको अबलम्बन र पढाएको पाठको सहि पालना नै हो । आफ्नो शिष्यको सफलतामा खुशी खोज्ने महानताले गुरुलाई अझै आदरणीय र उच्च बनाएको छ ।

भागवत गीतामा साँचो गुरुको चरित्र कस्तो हुनु पर्छ भन्ने कुरा लेखिएको छ ।

साचाँ गुरु उनै हुन जसमा साँचो रूपमा ज्ञान प्रदन गर्न सक्ने क्षमता हुन्छ, ज्ञानी भएर पनि उनमा घमण्ड रत्ति भर हुँदैन । जसलाई भगवान सबै कारक हुन र हामी सबै उनका कारण मात्रै हुन भन्ने ज्ञान हुन्छ । जसलाई सहि ज्ञानको अर्थ थाह छ । जो त्यसैमा जीवन बिताउछ । जो रिष राग लोभ मोह भन्दा धेरै पर हुन्छ । उही सच्चा गुरु हुन्।

हामीलाई अक्षर चिनाउने देखि, बोल्न सिकाउने, हिंड्न सिकाउने, स्कूलमा, कलेजमा वा कुनै पनि ठाउँमा सहि मार्ग देखाउने ती सबै गुरु हरु लाई आज यस महान गुरु पुर्णिमा को दिन सत सत प्रणाम ।

जय गुरु देव !

ANTA President

Mohan Kumar Yadav

Contact us

mail@anta-terai.org

President@anta-terai.org

Spokesperson@anta-terai.org

Secretary@anta-terai.org

Visit us

www.anta-terai.org

https://www.facebook.com/ANTAOfficially

Author